भिडियो अन्तर्वार्ता : हाडजोर्नी तथा नशा रोग र यसको उपचार



काठमाडौं : पछिल्लो समय हाड जोर्नी तथा नशा रोगका बिरामी निकै बढेका छन् । ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा यस्ता रोगका बिरामी धेरै रहेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अमरेन्द्र झाले बताए । 

खासगरि हाडजोर्नी तथा नशा रोगलाई बुढेसकालको रोग भनिन्थ्यो । तर, पछिल्लो समय जुनसुकै उमेरकालाई पनि यो राग देखिने गरेको चिकित्सकले बताएका छन् ।

अहिले युवाहरूमा पनि यो रोग निकै देखिएको डा. झाको भनाइ छ । 

खानपान व्यवस्थित नहुने, शारीरिक व्यायाम नगर्ने, मांसपेशी कमजोर हुने, वजन कम हुने व्यक्तिलाई यो रोगले दुःख दिने गरेको छ । वंशाणुगत कारणले पनि यो रोगका बिरामी बढिरहेका छन् । बुबा आमालाई उच्च रक्तचाप, मधुमेह, थाइराइडजस्ता रोग भएकाका सन्तानलाई पनि यो रोग लाग्ने उनले बताए । 

पछिल्लो समय कम्प्युटर चलाउने, टिभी हेर्ने, मोबाइल चलाउने प्रवृत्ति निकै बढेको छ । यस्ता कार्यमा शरीरले आवश्यक व्यायाम नपाउने भएकाले पनि हाडजोर्नी तथा नशा रोगका बिरामी बढ्दै गएका छन् । कुर्सीमा लामो समयसम्म बसेर काम गर्नेहरूमा पनि यो रोग देखिने गरेको चिकित्सकले बताएका छन् । 

यो रोग लाग्दैमा जीवन सकियो भन्ने धारणा बनाउनु भने गलत भएको डा. झाले बताए । यो रोगको पनि रोकथाम र विभिन्न उपचार विधि छन् ।

हाडजोर्नी तथा नशा रोग लागेका बिरामीले के कस्तो उपचार गर्नुपर्छ त ?

थप विवरण यो अन्तर्वार्तामा :

प्रतिक्रिया दिनुहोस्