हरेक नागरिकको पहुँचमा स्वास्थ्य सेवा : मन्त्री त्रिपाठी



काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयको कार्यभार सम्हालेका छन्। रामशाहपथस्थित मन्त्रालयमा पुगेर उनले आइतबार दिउँसो २ बजे कार्यभार सम्हालेका हुन्।

मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहेको स्वास्थ्य मन्त्रालयको अहिले कोरोना संक्रमणको महामारीमा अत्यन्त ठूलो जिम्मेवारी र भूमिका रहेको चर्चा गर्दै त्रिपाठीले स्वास्थ्योपचार पद्धतिलाई हरेक नागरिकको पहुँचमा पुर्याउनुपर्ने बताए ।

अहिले पनि गरिब, असहाय र पीडितले उपचार नपाउने अवस्था विद्यमान रहेको चर्चा गर्दै उनले सर्वसुलभ रुपमा स्वास्थ्योपचार पाउनु हरेक नेपालीको हक रहेको बताए । मन्त्रालयका कर्मचारीलाई पनि उनले त्यहीअनुसार काम गर्न निर्देशनसमेत दिए ।

यसअघि त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका भानुभक्त ढकाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्