कैलाश सिरोहिया अस्पताल भर्ना



काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । चार दिनदेखि प्रहरी हिरासतमा रहेका उनी शुक्रवार काव्या अस्पतालमा भर्ना भएका हुन् ।

गत मङ्गलवार काठमाडौँमा पक्राउ गरी रातारात जनकपुर पुर्‍याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए ।शुक्रवार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्