‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि ओखलढुङ्गाका पाँच विद्यालय छनोट



ओखलढुङ्गा : ‘एक विद्यालय एक नर्स’ कार्यक्रममा ओखलढुङ्गाका पाँच विद्यालय छनोट भएका छन् । गत वर्षदेखि विद्यालयमा स्वास्थ्य परामर्श तथा सामान्य उपचारको व्यवस्थाका लागि प्रदेश १ सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सुरु गरेको थियो ।

यस कार्यक्रमअन्तर्गत ओखलढुङ्गाका पाँच विद्यालय छनोट भएका हुन् । छनोट हुने विद्यालयहरुमा मोलुङ गाउँपालिका–१ को सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीको सरस्वती मावि खानीभञ्ज्याङ, सुनकोशी गाउँपालिकाको कटुञ्जे मावि, मानेभञ्ज्याङ गाउँपालिकाको हर्कपुर मावि टोक्सेल र खिजीदेम्वा गाउँपालिकाको कुण्डली मावि खिजीकाति रहेका छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले विद्यालयलाई स्टाफ नर्स उपलब्ध गराउने कार्यक्रमअनुसार दोस्रो चरणमा पाँच विद्यालय छनोटमा परेका हुन् । विद्यालयमा स्वास्थ्यसम्बन्धी परामर्श तथा प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी राख्न निर्देशिका निर्माण गरेर कार्यक्रम सुरु भएको प्रदेश सभाका सदस्य एवं अर्थ समितिका सभापति मोहनकुमार खड्काले बताए ।

यसअघि लिखु गाउँपालिकाको सिंहदेवी र सिद्धिचरणको रुम्जाटारमा यो कार्यक्रम सुरु भइसकेको छ ।

प्रकाशितः १४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्