आमाको पेटभित्रै जुम्ल्याहा शिशु झगडा गरिरहेको भिडियो भाइरल



काठमाडाैंः सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ। यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन्। अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ। यो घटना चीनको हो। उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ। यो खबर आजको कारोबारमा छापिएको छ।

 

रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए ।

टाओले स्थानीय अखबारसँग कुरा गर्दै भने, ‘जन्म नै नभएका छोरीहरु धेरै समयसम्म एक अर्कालाई मुक्का हान्थे।’ यो भिडियो चीनमा व्यापक भाइरल भएको छ। टाओले भिडियो एप डोयुयिनमा यो भिडियो सेयर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्