प्रचण्ड निकट २ जना सांसद ओली समूहमा



जनकपुर : तत्कालिन माओवादी केन्द्रका दुई जना प्रदेश सांसद नेकपा ओली सूमहमा लागेका छन् । उनीहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट हुन् ।

प्रदेश सांसद रामचन्द्र मण्डल र ज्वाला कुमारी साह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहमा लागेका छन् ।

साह बाराको क्षेत्र नम्बर ३ (क) बाट तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएकी थिइन् ।

यसअघि प्रचण्डकै विश्वासिलो पात्र मानिएका प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले उनको साथ छाडेर ओली तिर लाग्दै सहरी विकास मन्त्री पद पाएका छन् ।

प्रभु साह ओलीतिर लागेको केही दिनमै साह निकट अन्य २ जना सांसद पनि ओली समूहमा लागेका हुन् ।

बुधबार वीरगञ्जमा ओली समूहले आयोजना गरेको प्रदेश भेलामा प्रदेश सांसद मण्डल र साह पुगेर भाषण गरेका थिए ।

भाषणमा सांसद साहले भनिन्–‘प्रचण्डजीलाई धेरै सुझाव दिएकी थिएँ । तर, उहाँले एउटा पनि सुझावको पालना गर्नुभएन् । त्यहीँ भएर केपी ओलीजीतर्फ आएकी छु ।’ उनले तत्कालीन माओवादीका अन्य सांसदहरु पनि ओली समूहमै आउनले बताएकी छन् । यसका लागि छलफल भइरहेको उनले बताइन् ।

प्रकाशित : पुस १६, २०७७

प्रतिक्रिया दिनुहोस्