अनिद्राको कारण यस्ता समस्या



एजेन्सी : अनिद्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् । 

– अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । 

– अनिद्राको समस्या निरन्तर रहिरहेमा मुटुसम्बन्धी रोगको खतरा पनि बढेर जान्छ ।

– निद्रा नपरेमा वा पर्याप्त मात्रामा नसुतेमा यसको असर हाम्रो पाचन प्रणालीमा पनि पर्न जान्छ । यसका कारण मानसिक तनाव उत्पन्न भई पाचन प्रक्रिया पनि धिमा हुने समस्या निम्तिन जान्छ । 

– अनिद्राका कारणले स्मरण शक्तिमा पनि कमी आउँछ । यसका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ ।

– अनिद्राको समस्या भएमा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने र काममा मन नजानेलगायत समस्या हुन्छन् । 

– मौसमले पनि निद्रालाई प्रभावित पार्न सक्छ । गर्मी मौसममा बढी र जाडो मौसममा कम निद्रा लाग्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्