बझाङको मष्टामा १८ केजी चरेससहित दुई प्रकाउ




फाइल तस्बिर

बझाङ । बझाङको मष्टा गाउँपालिकामा दुइजनाबाट १८ किलो चरेस बरामद गरेको छ । मष्टा गाउँपालिकाको धुरल भन्ने ठाउँमा इलाका प्रहरी कार्यालयबाट मष्टाबाट खटिएकाे टोलीले चरेससहित उनीहरुलार्इ पक्राउ गरेकाे हो ।

बुधबार सदरमुकाम चैनपुर आउने समयमा बिहान १० बजे उनीहरूलाई बिचबाटोमा प्रहरीले प्रकाउ गरेको जनाएकाे छ ।

प्रहरीलाई देख्दा उनीहरू भागेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई पछ्याएकाे थियाे । एक जनाबाट ९ / ९ किलो चरेस फेला परेको प्रहरीकाे भनार्इ छ 

प्रकाउ पर्नेमा मष्टा गाउँपालिका खिकालाका १८ वर्षिय दीपक बोहरा र ३९ वर्षिया हस्ता पुरी रहेका छन् ।  उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा लिईएको हो ।

 

घटनाबारे छानविन भइरहेको बझाङ जिल्लाका डीएसपी प्रवीण धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्