रहेनन् हिप-हप स्टार डुम



काठमाडौं : हिप-हप स्टार एमएफ डुमको निधन भएको छ । उनको मृत्युको खबर परिवारले सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

४९ वर्षीय डानियल डुमायल यथार्थ नाम रहेको उनी गीत र प्रस्तुतिसँगै सधै लगाउने मास्कका कारण चर्चित थिए । नयाँ वर्षको पूर्व सन्ध्यामा उनको मृत्यु भएको श्रीमती ज्यास्मिनले बताएकी हुन् ।

उनले लेखेकी छिन्,‘मैले पाएको एक महान पति, पिता, शिक्षक, विद्यार्थी, सह व्यवसायी, प्रेमी र साथी थिए उनी ।’ बेलायतबाट अमेरिका पुगेका उनी नब्बेको दशकमै चर्चामा आएका थिए ।

तर, भाइको मृत्युपछि गीत संगीतबाट टाढा रहेका उनी सन् १९९७ मा पुनः सार्वजनिक कार्यक्रममा देखिएका थिए । त्यहाँ पहिलो पटक उनी मास्कसहित प्रस्तुत भएका हुन् । उक्त मास्क ‘डक्टर डुम’ अंकित थियो जो मार्भलको सुपर भिलियन हुन् ।

रन द जेवेल्स, टाइलर, द क्रियटरलगायत कलाकारहरूले एमएफ डुमलाई श्रद्धान्जली व्यक्त गरेका छन् । उनको मृत्युको कारण भने खुलाइएको छैन ।

प्रकाशितः १७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्