देशभक्त नागरिक एकजुट हुने समय आएको छ : अभिनेत्री कोइराला



काठमाडौं : अभिनेत्री मनिषा कोइरालाले देशभक्त नागरिक एकजुट हुनुपर्ने बेला आएको बताएकी छिन् ।

२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएकी हुन् ।

राष्ट्रिय एकता दिवसको आफ्नै महत्व रहेको भन्दै उनले भनिन्,‘सबै एकजुट भएपछि मात्रै स्वाभिमानको साथ बाँच्न सकिन्छ ।’

‘देशलाई माया गर्नेहरु सबै एक ठाउँमा आउनुपर्छ, एकीकृत भएर आवाज दिन सक्नुपर्छ, सबैलाई आफ्नो देशको माया हुन्छ, नेपालीलाई नेपालको र भारतीयलाई भारतको माया हुन्छ,’ उनले भनिन् ।

प्रकाशित :२१ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्