क्रिकेट खेलाडी कुन्दन सिंहको निधन



जनकपुरधाम : लामो समयदेखि दुबै मिर्गौला बिग्रेर उपचाररत रहेका २४ वर्षीय क्रिकेट खेलाडी कुन्दन सिंहको आज निधन भएको छ ।

राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट दर्जनौं यु-१९ क्रिकेट प्रतियोगिता खेलिसकेका कुन्दनको आज (आईतबार) बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिए । कुन्दनको मिर्गौलाले विगत लामो समयदेखि काम गर्न छोडेको थियो ।

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मृगौला फेर्नुपर्ने चिकित्सकले धेरैदिन अघि नै सुझाव दिइसकेका थिए । तर आर्थिक अभावका कारण उनले आफ्नो मिर्गौला फेर्न सकेका थिएनन् । उनलाई तत्काल डायलायशिसमा राखिएको थियो ।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट संघ धनुषाको अगुवाईमा जनकपुरमा कुन्दन बचाउ अभियानसमेत चलाएर युवाले करिब सात लाख रुपैयाँ संकलन गरी कुन्दनको उपचारमा सहयोग पुर्याएका थिए । कुन्दनको निधनले क्रिकेट जगतमा अपुरणीय क्षति पुगेको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले बताए

प्रतिक्रिया दिनुहोस्