चीनमा एकैदिन ११५ कोरोनाका नयाँ संक्रमित भेटिए



काठमाडौं : पछिल्लो समाचारअनुसार चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन् ।

चीनभित्रै संक्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको हो । आज चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा मंगलबार ११५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १०७ जना चिनकै नागरिकमा पाइएको हो ।

त्यहाँका स्थानीय नागरिकहरुबाटै ती १०७ जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ ।
कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

आज दिएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मंगलबार भेटिएका ११५ संक्रमितमध्ये १०७ जना स्थानीय स्तरमै आपसमा संक्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन् ।

चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि थालेको हो । संक्रमित भेटिएका स्वदेशी संक्रमितहरुमध्ये ९० जना हुबे प्रान्तका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको छ ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्