देउवा सवार हेलिकप्टरको आकस्मिक अवतरण



काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चढेका हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

काठमाडौंबाट पर्वत जाँदैगरेका देउवा सवार हेलिकप्टर मौसमको खराबीका कारण केही बेरअघि गोरखामा आकस्मिक अवतरण गरिएको गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्