यो काम चलाउ सरकार होइन : सुवास नेम्वाङ



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले यो काम चलाउन सरकार नभएको दाबी गरेका छन् ।

नेकपा ओली पक्षको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने,‘सरकारले अहिले सबै काम गर्न पाउछ, यो कामचलाउ सरकार होइन, निर्वाचन आयोगले आचारसंहिता घोषण गरेपछि केही रोकिन सक्छ, अहिले सरकारले सबै काम गर्न सक्छ ।’ संसद् विघटनपछि प्रधानमन्त्रीले किन राजीजामा नदिएको कुरा उठिरहेको छ ।

उनले भने,‘म भन्न चाहान्छु, अहिले प्रधानमन्त्रीले आफ्नो काम गर्न पाउनुहुन्छ, मन्त्रिपरिषद् पनि पुनर्गठन गर्न पाउनुहुन्छ ।’ उनले सरकारले तोकेको मिती बैशाख १७ र २७ गते हुने पनि दाबी गरेका छन् ।

‘संसद विघटनको विषय विचाराधीन छ, म त्यस बिषयमा बोल्दिनँ तर, प्रधानमन्त्रीले बोल्न पाउनुहुन्छ, उहाँले नै संसद विघटन गर्नुभएको हो,’उनले भने । तोकिएको अवस्थामा निर्वाचन हुँदैन भनेर अनावश्यक रुपमा निर्वाचन आयोगलाई समेत दबाव दिएको उनले बताए ।

उनले चने,‘देश निर्वाचनमा गइसकेको छ, प्रतिपक्षी निर्वाचनमा गइसकेको छ, उहाँको विरोधको कार्यक्रमलाई हेर्दा प्रष्ट भइन्छ ।’ आधिकारिकता पनि आफ्नो पक्षको भएको उनले दाबी गरे ।

‘पार्टीको प्रथम अध्यक्ष र महासचिव यही हुनुहुन्छ, त्यसैले उहाँहरुले आधिकारिक भन्ने पाउनुहुन्न, पार्टी महासचिव नभएको बैठकले कसरी प्रथम अध्यक्ष र महासचिवलाई कारबाही गर्न मिल्छ ?’उनले भने ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्