लोकतन्त्र बचाउन नेकपा-कांग्रेस संयुक्त आन्दोलन गर्ने तयारी



काठमाडौं : प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग सहकार्य गर्न लागेको बताएका छन् ।

दाङको घोराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले लोकतन्त्र बचाउनका लागि कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘लामो समय नेपाली कांग्रेस लोकतन्त्रका लागि संघर्षमा रह्यो, फेरि पनि लोकतन्त्र जोगाउन कांग्रेस अग्रसर हुन्छ भन्ने आशा छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि सकारात्मक माहोल बनेको भन्दै नेपालले प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध संयुक्त रूपमा मिलेर आन्दोलन गर्ने वातावरण निर्माण हुन थालेको बताए । कांग्रेस सभापति देउवा आन्दोलनबारे सकारात्मक रहेको उनको भनाइ छ ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्