खाना खाने बित्तिकै निद्रा लाग्नुको कारण



प्रायः मानिसलाई खाना खाएपछि निद्राले च्याप्ने गर्छ । कतिपयले त खानापछि आराम गर्ने वा केही बेर सुत्ने तालिका नै बनाएका हुन्छन् । तर बेलुकासमेत खाने बित्तिकै नसुत्न चिकित्सकले सल्लाह दिने गर्छन् । किनकि, यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने हुन्छ । खाना लगत्तै निद्रा लाग्ने कारणबारे भने निकै कमलाई जानकारी हुन सक्छ । खाना लगत्तै निद्रा लाग्नुको कारण यस्तो रहेको छ :

कारण

– प्रत्येक दिन मानिसलाई खाना लगत्तै निद्रा नलाग्न पनि सक्छ । तर, वास्तविकता के हो भने प्रायःलाई खाना खाएपछि निद्रा लाग्ने गर्छ । सामान्य भाषामा यस्तो बानीलाई ‘फुड कोमा’ भन्ने गरिन्छ । यसका थुप्रै कारण छन् । 

– अत्यधिक कार्बोहाइड्रेट पाइने खानाको सेवनपछि शरीरमा इन्सुलिन बन्न थाल्छ । र, यसले ट्रिप्टोफेनको निर्माण गर्छ । यो मस्तिष्कमा पुगेपछि सेरोटोनिन बन्ने प्रक्रिया सुरु हुन्छ र मेलाटोनिनका कारण मानिसलाई निद्रा लाग्ने गर्छ ।

समाधान

– फुड कोमाबाट बच्न खानाको तौर–तरिकाबारे जानकारी राख्न जरुरी रहेको विज्ञहरूको भनाइ छ ।

– यसबाट बच्न खानाको मात्रामा पनि ध्यान पुयाउनुपर्छ । एकै पटक ठूलो परिमाणमा खाना खानुको सट्टा थोरै–थोरै खाना छोटो–छोटो अवधिमा प्रयोग गर्दा निकै राम्रो हुन्छ ।

– यसका लागि डाइट पनि सन्तुलित मात्रामा लिँदा राम्रो हुन्छ । जसमा काब्र्सको मात्रा कम र पोषण तत्त्वको मात्रा बढी हुन जरुरी हुन्छ ।

– खाना खाएपछि आरामसँग कुर्सीमा बस्ने बानी गर्नुहुँदैन । यसको साटो केही समय टहलिने वा क्रियाशील रहने गर्नुपर्छ । यसो गर्दा राम्रोसँग खाना पच्नुका साथै रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्