राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।
वर्षभरिका काम कारबाहीसहितको वार्षिक प्रतिवेदन २०७६-७७ को आयोगले राष्ट्रपति भण्डारीलाई बुझाएको हो ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुरागाईंलगायत सहभागी रहेका थिए ।

प्रकाशित :५ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्