काँग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते



काठमाडौं : काँग्रेस केन्द्रीय समिति बैठक माघ १३ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ ६ गते बस्ने भनिएको बैठक १३ गते बस्ने भएको हो ।

आज एक विज्ञप्ति जारी गरी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि पौडेलले अनुरोध गरेका छन् ।

प्रकाशित :५ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्