म महाभारतको कथा संसारभरी देखाउन चाहन्छु : अभिनेत्री दीपिका



काठमाडौं : बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो काममा केन्द्रित हुने अभिनेत्रीको रुपमा परिचित छिन् ।

उनले अभिनय गरेका अधिकांश फिल्महरुले सफलता पाएका छन् । भने उनले पनि आफ्नो अभिनयद्वारा दर्शकलाई प्रभावित बनाउन सफल रहेकी छिन् ।

दीपिकाले आफ्नो आउन लागेको नयाँ फिल्महरुको नाम घोषणा गरेकी छिन् । उक्त घोषणालाई उनका प्रशंसकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । अहिले उनले निर्देशक शकुन बत्राको अनटाइटल्ड फिल्मको शुटिङ सकाएकी छिन् । फिल्मको बारेमा कुरा गर्दै अभिनेत्री दीपिका भन्छिन्–‘मेरो यो फिल्म एउटा रिलेशनशीपको कथामा आधारित छ । जसलाई तपाईंले अहिलेसम्म ठुलो पर्दामा हेर्नु भएको छैन ।’

यहि क्रममा दीपिकाले शाहरुख खानको फिल्म पठान र महाभारतमा द्रौपदीको पात्रमा देखिने कुराको पनि चर्चा गरेकी छिन् । उनले आफ्नो आउन लागेका सबै फिल्महरुको बारेमा चर्चा गरेकी छिन् । शकुन बत्राको फिल्म त्यस्तो रिलेशनशीप स्टोरी हो, जुन भारतीय फिल्ममा यो भन्दा पहिले देखिएको थिएन ।

त्यसपछि उनी शाहरुख खानसँग एक्शन फिल्म पठानमा काम गर्ने भएकी छिन् । नाग अश्विन र प्रभाससँग पनि उनी काम गर्दै छिन् । यी दुई फिल्मपछि उनी एनी ह्याथवेको फिल्म द इन्टर्नको रीमेकमा काम गर्ने छिन् । त्यसपछि पनि उनी व्यस्त नै भइरहने बताएकी छिन् । यहि क्रममा उनी ‘महाभारत’मा पनि काम गर्दै छिन् । जसमा उनी द्रौपदीको भुमिकामा देखिने भएकी छिन् । दीपिका भन्छिन्–‘म महाभारतको कथा संसारभरी देखाउन चाहन्छु ।’

प्रकाशित :६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्