पीएम क्रिकेट कपमा लगातार पुलिसका दोस्रो जित



काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पटक जितेको छ ।

पहिलो खेलमै बागमतीसँग पराजित भएको साविक विजेता पुलिसले बिहीबार लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई पराजित गरेको थियो । सुनिल धमलाको शतक अनी दीपेन्द्र सिंह ऐरी र पवन सर्राफको अर्धशतक मद्दतमा पुलिसले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३१० रन बनाएको थियो । ३११ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले ५० ओभर खेल्दै ७ विकेट गुमाएर २३६ रन बनायो ।

लुम्बिनीका लागि सौरभ खनालले सर्वाधिक ७४ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका सौरभले ६० बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे । देव खनालले ४९, सन्दिप रजालीले ४० र राजवीर सिंहले २४ रन बनाए । कप्तान कृष्ण कार्की ४० रनमा अविजित रहे । उनले २४ बल खेल्दै ५ छक्का प्रहार गरे ।

बलिङमा पुलिसका रासिद खान र पवन सर्राफले २-२ विकेट लिएका थिए । ललित राजवंशी, सागर ढकाल र दीपेन्द्र सिंह भरीले समान १ विकेट लिए । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३१० रन बनाएको हो ।

पुलिसका लागि धमलाले १४५ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा १०४ रन बनाए । धमलाले राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गरेको यो पहिलो पटक हो । ओपनिङ ब्याटिङ गरेका धमलाले शतक पूरा गर्न ४४ ओभरसम्म कुर्नुपरेको थियो । उनले १४२ बल खेल्दै शतक ७ चौका र १ छक्का मद्दतमा शतक पूरा गरेका थिए । ४३ औं ओभरको चौथो बलमा लुम्बिनीका कप्तान कृष्ण कार्कीलाई १ रन प्रहार गर्दै उनले शतक पूरा गरेका थिए ।

त्यसपछि अर्को ओभरमा धमलाल आउट भए । उनले १०४ बल खेल्दै १०४ रन बनाए । लुम्बिनीका अनिल खरेलले विकेटकिपर शुसान्त थापाबाट धमलालाई स्टम्पिङ गराएका थिए । पहिलो सिजन देखि नै पुलिसबाट प्रधानमन्त्री कप खेल्दै आएका धमलाले चौथो संस्करणमा आएर शतक पूरा गरेका हुन् । धमलाले अघिल्लो खेलमा सुदूरपश्चिम विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।


यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ८५ रन बनाए । अमित श्रेष्ठले २८ रन जोडे । कुशल भुर्तेल ६ रन बनाएर आउट भए । पवन ५० रनमा अविजित रहे । यस्तै आरिफ शेख २९ रनमा अविजित रहे । आरिफले १४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । नेपाल पुलिस क्लबका पवन सर्राफले १३ बलमै अर्धशतक प्रहार गरेका छन् । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार लुम्बिनी प्रदेश विरुद्धको खेलमा पवनले १३ बलै ५० रन बनाए । उनले १ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

पवनले खलेको अन्तिम ओभरमा ४ छक्कासहित २८ रन बनाएका थिए । प्रधानमन्त्री कप इतिहासमा पवनले सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका हुन् । बलिङमा लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौराभ खनाले समान १ विकेट लिए ।

प्रकाशित :८ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

काठमाडौँ । नेपाली काग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले २३ फागुनमा बोलाइएको प्रतिनिधि सभा बैठकमा पार्टीको

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली प्रति

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्र निर्वाचन आयोगले पार्टीको आधिकारिकता

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुध्रनु र बालुवा पेलेर तेल

काठमाडौं– शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडी

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो राजनीतिक संघर्ष सडकको मोर्चाबाट सदनको मोर्चामा संघर्ष केन्द्रित भएको

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छन् । सरकारको सिफारिशमा

काठमाडौँ : १३औँ अन्तर्राष्ट्रि ह्वेलचियर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । समाज कल्याण परिषद् राष्ट्रिय

काठमाडौँ : सरकारले चैत २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर

काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २३ गते संसद् आह्वान गर्ने निर्णय गरे पनि