पुर्बेली गायक राई भन्छन्- ‘गीत बने तर मौलिकता गुमाए’



काठमाडौं– पुर्बेली लोकपप गायकका रुपमा आफ्नो पहिचान बनाएका राजेश राई डान्सिङ गीत लिएर श्रोता माझ आउँदै छन् ।

लामो समयको लकडाउनपछि ‘एक दुई तिन, छेपारो छिन’ गीत उनको स्वरमा बजारमा आउँदै छ । उक्त गीतमा राईसँगै अस्मिता अधिकारीको पनि स्वर रहेको छ ।

डान्सिङ नम्बर बजारमा ल्याउँदै गर्दा गीतको प्रतिक्रियाको परखाईमा उनी छन् ।

विगत एक दशकदेखि पुर्वेली लोकपप गायन क्षेत्रमा योगदान दिईरहेका राईले ’मगमग’ सेलो गीत संगै ’सुरुवात’ एल्वम बाट आफ्नो संगितीक यात्रा शुरु गरेका थिए ।

पहिलेको तुलनामा पुर्वेली गीतहरू बन्ने संख्या कम भएको उनी बताउँछन् । आफ्नो पहिचान कायम राख्नको लागि आफ्नो समूदायको एक्यवद्धता चाहिने उनको बुझाई छ ।

उनी भन्छन्– ‘अहिले पुर्वेली गीतहरु पहिलेको तुलनामा धेरै कम भईसेकेका छन्’ । अहिले हाम्रो आफ्नै समुदायको एक्यवद्धताको खाँचो छ ।’

‘मनोरन्जन दिने खालका गीतहरू सार्वजनिक भईरहेका छन् । नयाँ पुस्ताहरु नयाँ रचनाहरु लिएर आईरहेका छन् । तर मलाई यस्ता गीतहरुले आफ्नो मौलिकता गुमाएको जस्तो लाग्छ’– उनले थपे ।
हालसम्म राईले सांस्कृतिक, आधुनिक पप, लोक पप साथै रिमिक्स गरी ३० भन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

किराँती अर्थात राई समुदायमा उधौली उभौली पर्वमा गाउने र बजाउने निकै प्रचलित साकेला सिली गीतहरु लोप हुदै गएको महसुस उनी गर्छन् ।

पछिल्लो समय उनको स्वरमा रहेको पिर लाग्छ, एकान्छी, कालो कालो बादल, सम्झेँ है, जस्ता गीतहरुले चर्चा कमाएको थियो । त्यसले आफूलाई आत्मसन्तुष्टि दिएको उनी बताउँछन् ।

संगितीक यात्राका क्रममा उनले कोरिया, कतार लागाएत नेपालको सबै ठाउँमा आफ्नो कला देखाएका छन् । उनी भन्छन्– ‘पहिलाको जस्तो माहोल नभएपनि लकडाउन पछि डिजिटल माध्यमहरुमा आएको परिवर्तनले हरेक युवाहरुलाई बेरोजगारी हुनबाट जोगाउँछ ।’

तर यसका लागि हरेक युवाहरु गेम खेल्ने तिर नभई आफ्नो क्षमता अनुसार टेक्नोलोजिलाई सदुपयोग गर्न सकेमा आत्मनिर्भर हुन सक्ने वातावरण रहेको उनको बुझाई छ । यसका लागि युवावर्गहरूमा इच्छा शतिm र निरन्तर दिन सक्ने खुबी हुनुपर्ने उनी बताउँछन् ।

आफ्नो गीतको सफलताको मपक उनी ‘भाइरल’ भयो या भएनसंग तुलाना गर्दैनन् । उनी भन्छन्– ‘मेरा गीतहरू भाईरल हुन या नहुन यसले अर्थ राख्दैन तर म कति गीत संगितमा समय दिन्छु भन्ने कुराले निकै अर्थ राख्छ । अहिले चल्न त जस्ता खालका गीतहरू पनि चलिरहेका छन्, यो भन्दैमा साधना विना गाएको गीतमा कुनै रस हुन्न ।’

बजारमा आउन लागेको गीतप्रति उनी निकै आशावादी छन् । आफूले मिहेनत गरेकाले पनि श्रोताहरूबाट राम्रो प्रतिक्रियाको आशामा रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्