छोरीलाई लड्न सिकाऔं



चाहे त्यो फिल्म क्षेत्र होस् वा अन्य कुनै पनि उद्योग, हिंसाको विरुद्ध सदैव उभिएको पात्र हुँ म । मलाई हिंसा पट्क्कै मन पर्दैन् । चाहे त्यो मेरो घर भित्रबाट गरिएको हिंसा किन नहोस् । ममीले, बुबाले, दाईले, दिदिले मलाई कुनै पनि प्रकारको शासकिय प्रविद्धिबाट आदेश दिएको कुरा मलाई कहिले पनि स्वीकार्य हुने थिएन । र म स्वीकार गर्दिन पनि ।

मैले १५ वर्षदेखि जब फिल्म लाइनामा आए तब बाट मेरो एउटै उद्देश्य थियो फिल्म क्षेत्रमा मात्रै नभई यो सिङ्गो राष्ट्रमा मेरा देशका दिदि बहिनीहरू आफ्नो अस्तित्वमा, स्वत्रन्त्रतामा मान्छे भएर कसरी बाच्न पाउँछन् भन्ने प्रश्न उठ्थ्यो ।

त्यही क्रममा हामीले बलविबाहका अभियान नि चलायौं । मलै अभियान पनि चलाई रहेको छु । बालविवाह अन्त्यका लागि । अभियानको शिलशिलामा म कर्णालीदेखि तराईको सबै ठाउँमा पुगे र मेरो अनुभव धेरै अजिव–अजिव प्रकारका छन् । त्यो ठाउँमा उभिएर मैले आफूले योग मायालाई सम्झिए । यदि योग माया थिइनन् भने शती प्रथाको लागि आज पनि हामी यसरी नै मञ्चमा त्यो विषयको उठान गरिरहेको हुनुपथ्र्यो । योग मायालाई म किन स्मरण गर्न चहान्छु भने एक्लै त्यो समय, त्यो युग, जुन युगमा एक महिलाले बोल्नु त परै जाओस झ्याल बाट च्याउन अवस्थामा पनि नभएको बेलामा योग माया जस्तो योद्धा महिलाहरू थिए ।

आज हामी कहाँ छौं ? आज बलात्कारमा, हिंसामा, घरेलु हिंसामा तड्पिएर आखामा दुई थोपा आशु बगाएर हिड्नु पर्ने ? अनि गन्थन मन्थन त्यही ? कसैले समाधान दियो तपाईहरूलाई ? कसैले भन्यो कि यो गर र यो नगर ? यसरी बलात्कार भयो । मेरो छोरीलाई, मेरो बुहारीलाई यस्तो भयो । हामी हिंसारहित समाजको कल्पना गछौं तर हामीले के योजना ल्यायौं त ।

मेरो विचार फरक छ । मरो विचार चलचित्र मार्फतदेखि नै के छ भने लड् । लड्दा खेरी दुई तीनवटा करङ् भाचिएछ त्यो पुरुषको भने पनि केही छैन । कुट तिमीहरू पनि । कसैले सिकायो ? अनि रुनु पर्ने ? एउटा महिला कहाँ कहाँ बाच्नु पर्छ ? उसको जीवन कहाँ कहाँ हुन्छ ? घर, पसल, बजार स्कुल अनि यो समाज । जहाँ जहाँ उ बाच्नु पर्छ त्यहाँ त्यहाँ लडाई गर्नैपर्छ । र लडाई गरेको अनुभव हुनै पर्छ त्यो महिलाको । तर हामीले सिकायौं ? नबोल, संस्कारी बन, सहेर बस र नैतिकताको पाठ पढायौं । त्यो नैतिकताको पाठ एका तिर पढाउछौं र अर्को तिर हिंसारहित समाजको परिकल्पना वा कल्पना गछौं । यो सम्भव छ ?

हामीले महिलालाई आफ्नो छोरीलाई संर्घष गर्न सिकायौं ? कहिले पनि सिकाएकोे मलाई थाहा छैन । तपाईहरू कल्पना गर्नुहोस् त तपाईहरू यो सहरमा, यो देशमा कयौं झगडा लडाईहरू भएको सुन्नु भएको छ । मलै लडाई लड्नु पर्छ, कुट्नु पर्छ भनेको होइन । त्यो लडाईमा कुनै पनि महिलाले पुरुषलाई कुटि भन्ने समाचार सुन्नु भएको छ ? किन सुनिदैन् भने यहाँ छोरी मान्छेलाई नैतिकताकोे पाठ पठाइन्छ । यदि छोरी मान्छे लडि भने उ अनुशासीत हुँदिन । उ अमर्यादित हुन्छे । अनि यसरी हामी हिंसारहित समाजको कल्पना गर्न सक्छौं ।

अनि हामीलाई दमित हुने तालिम दिएर बाहिर हामी लडाकु छोरीहरू खोज्छौं । असम्भव देख्छु म यसलाई । जहिले पनि सदिऔंदेखि छोरीहरू स्वतन्त्र भयो भने उतौलो भइछे यो भन्छन् ।

यदि हामी स्वतन्त्र जीवन बाच्न चहान्छौं, आफ्नो अस्तित्वको लडाई लड्न चहान्छौं भने बढी भई, संस्कार नै छैन रहेछ भन्ने प्रकारको टिका टिप्पणी गछौं । ए ! छोरीले मात्रै इजजत धानिदिनु पर्ने ? छोरीले मात्रै संस्कार सिक्नुपर्ने ? अनि छोरीले सबै कुरा धानिदिपछि मात्रै यो समाज राम्रो हुने ?

एकातिर दमित भएर बस्ने तालिम दिन्छौं । अर्को तिर लडाकु छोरीहरू खोजिन्छ के यो सम्भव छ ? यो प्रश्न मेरो समाजलाई हो । तपाईहरूलाई पनि हो । मलाई लाग्छ छोरीलाई कलम मात्र होइन हातमा तरबार पनि दिनुपर्छ । यदि छोरीलाई हातमा कलम र अर्को हातमा तरवार दिने हो भने यो दुनिया कसरी चलाउनु पर्छ भन्ने राम्रोसँग थाहा छ छोरीहरूलाई । तर यहाँ स्वस्थानीको नैतिकता पाठ पढाइन्छ अनि एकातिर भनिन्छ हिंसा नसह । अर्को तिर भन्छौं बढी किन बोल्या ? छोरी मान्छे भएर बढी बोल्ने हो । यो दोहोरो चरित्रले त छोरीको मुक्ति कहिले नि हुँदैन । महिला मुक्ति कहिले पनि हुँदैन । मलाई लाग्दैन त्यसै कारण तपाइहरू ढुक्क भएर आफ्नो प्रतिरक्षाको लागि लड्नुहोस् । दुई तीन बटा दाँत फुस्किएछ भने पनि केही छैन । फुस्काइदिनुहोस् । कहिले सम्म डराएर बस्ने । कहिलेसम्म बुबाको संरक्षणमा, प्रेमीको संरक्षणमा, श्रीमानको संरक्षणमा कहिले सम्म अरुले मलाई रक्षा गर्छ भनेर बाची रहने ? निडर भएर बाँच्नुहोस् ।

मानव बन्ने कोशिस गर । म महिला हुँ तर त्यो भन्दा पहिला म मान्छे हुँ । यो शरीरमा मेरो आत्मा छ । र यो धर्तीमा मलाई पनि मान्छे बन्ने अधिकार त्यक्ति कै छ जति पुरुषहरूलाई छ । त्यसकारण नारी पुरुष बराबर हो भने बराबर भएर बाच्नु प¥यो नि त ।

एउटा कुरा भनौं । उपलब्धी पनि छन् यसमा हामीले निराशाको कुरा मात्रै गर्ने पनि होइन । आज भन्दा कयौं वर्ष अगाडी महिला वा पुरुष ४० वा ४५ वर्षको उमेरमा हजुरआमा हजुरबुवा बनिसक्ने अवस्था थियो । तर अहिले युग परिवर्तन भयो । समाजमा भएका केही कुराहरू परिवर्तन भए । प्रविधि, विज्ञानमा परिवर्तन आए । परिर्वतनकै क्रममा ३५ वर्षको युवती हो की कति वर्षको हो हामीलाई छ्ट्याउन गाह्र्रो पर्छ । भन्नुको मतलब केही कुरा त परिवर्तन पनि भइरहेको छ त । यसलाई सकरातमक हिसाबले पनि लिनु पर्छ । हिजो औशत आयु ५० थियो भने आज ७० त छ । के ले भन्दा सोचले पनि हो । हिजो प्रविधि थिएन । विकासका कुराहरू थिएनन् । त्यो हिसावले पनि हो । र निरास धेरे नहौं हिजो हामी यो देशमा पार्टी नहुँदा पनि कुनै राजनीतिक दल नहुँदा पनि हामी बाचेकै थियौं । हामी राम्रोसँग बसेकै थियौं । हामी कुन पार्टीको, के पार्टीको एकैछिन बिर्सौं ।

एउटा रोल्पाको ओनसरी घर्ती मगर हुनुहुन्छ । जो सभामुख हुनुभयो । हिजो त्यो जनयुद्धले जन्माएको आक्रमक योद्धा त हो नी । रोल्पामा गएर किस्तीमा त्यो पद त उहाँलाई दिइएको होइन नि । किन दिइयो त भन्दा उहाँ लडाकु हुनुहुन्थ्यो । उहाँले लड्न सिक्नु भो । उहाँले यो व्यस्थासंग, यो समाजसंग अनि परिवारसंग लड्नु भयने । आज राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ । हामी कतिलाई सहज लाग्ला । मान्छेले केके भन्छन् । त्यसलाई बिर्सौं । यदि उहाँको राजनीतिक चरित्र, आक्रमक बोल, समाज, परिवार र आफ्नो यो बसेको दुनियासँग लडाई गर्न नसकेको भए आज राष्ट्रपति बन्न सक्नु हुन्थयो ? कसैले लगेर पदमा राखिदिँदैनन् । त्यो ज्ञान हुन पनि आवश्यक छ ।

रेखा थापाले कुट्न सिकाउछे, लडाँकु बन्न सिकाउछे भन्छन् । एउटा छोरीले आफ्नो प्रतिरक्षाको लागि लड्छे भने म उसको पछाडी सधै हुन्छु । तर त्यसको सहि सदुपयोग चाहि हुनुपर्छ । अनशासनमा बसेर आफ्नो मर्यादालाई पनि कायम राखेर आफू माथि नचाहिदो र अनैतिक प्रकारको आक्रमण हुन्छ भने कोही पनि दिदि–बहिनी छोरीहरू डराउनु पर्दैन् ।

हामीलाई असल श्रीमती चाहिने, हामीलाई संस्कारी बुहारी चाहिने, हामीलाई अनुशासित छोरी चाहिने, अनि हामीलाई घरको व्यवस्थापन गरिने राम्री आमा चाहिने । हिंसा चाहि हुनु भएन । यो पेरीफेरीमा कहाँ चाहि लडाकु श्रीमती, प्रेमीका, खतरनाक आमा चाहिन्छ भनेर कही पनि भन्दैनौं । संस्कारी नैतिकवान यसरी पढाइन्छ । बच्चैदेखि नै जन्मे देखिनै छोरी मान्छेलाई छोरी बन्ने तालिम दिइन्छ । जुन तालिम मैले स्वीकारेको थिइन् ।

मलाई धेरैले टिकाटिप्पणी पनि गर्नुहुन्छ । फिल्म उद्योगमा मा आउँदा यो कस्तो खालको केटी हो, केटा जस्तो पनि भन्थे । ल म बलियो हुँदा केटा जस्तो ? भनेको हामी परिचय कहिले परिवर्तन गर्ने त ? हामी सबै मान्छे हौं । हामी मान्छे भएर बाच्नु पर्छ । समाजमा तपाईको छोरीलाई लड्न सिकाउनु भएको छ । लड, परेको म व्यहोर छु भनेर एक पटक हेरौं न त । अब दुनिया परिवर्तन हुने बेला आएको छ । तपाईहरू आफ्नो आफ्नो घरबाट जाग्नु होस् । घरबाट त्यो लडाई शुर हुनुपर्छ । मनको कमजोर सत्ता परिवर्तन गर्नुपर्छ । छोरीको सत्ता पनि त्यतीकै कमजोर छ जती अहिले हाम्रो देशको छ । जबसम्म यो सत्ता भत्काएर नयाँ सत्ता बन्दैनन् छोरी मान्छेहरूको मन भित्रको सत्ता तबसम्म हामी निरहीय नै बन्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा अहिराजसँग प्रदेश २ का मुख्यमन्त्री

काठमाडौँ : बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपा विप्लव समूहसँग हुने भनिएको वार्ताको

जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने

काठमाडौं । जसपाले प्रतिनिधिसभा विघटनको विरोधका आइतबार देशव्यापी प्रदर्शन गरेको छ । जसपाले सबै महानगर,

नवलपलरासी । कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरेको बताएका छन्

जनकपुरधाम । प्रदेश २ का प्रमुख राजेश झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको मालाले

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक

काठमाडौं : नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले संसद् विघटनविरुद्ध परेको रिट निवेदन विचाराधीन रहेका

काठमाडौँ : नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट अदालत रत्तिभर विचलन

एजेन्सी : अमेरिकाको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । उडिरेहेको अवस्थामा