लुम्बिनी प्रदेशमा ओली समूहको अध्यक्षमा गिरी, जिल्लाका पदाधिकारी पनि तोकिए



बुटवल : लुम्बिनीमा प्रचण्ड–माधव समूहकालाई हटाएर ओली पक्षले प्रदेश कमिटी गठन गरेको छ । आफ्नो पक्षमा रहेको नेतृत्व भए त्यसैलाई र नभए अर्को व्यक्तिलाई कमिटीमा जिम्मेवारी दिइएको छ ।

जस अनुसार ओली पक्षले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देहीका लिला गिरीलाई चयन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले ओनसरी घर्तीलाई हटाएर नेकपा केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज समेत रहेका गिरीलाई प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी दिएको हो ।

उनी लुम्बिनी प्रदेशका उद्योग वन वातावरण मन्त्री पनि हुन् । ओली समूहले सोही वैठकबाट जिल्लाको नेतृत्व पनि हेरफेर गरेको छ । नवनियुक्त प्रदेश अध्यक्ष गिरीलेले प्रदेशका १२ वटै जिल्लामा संयोजकहरु तोकिएको र त्यसकै आधारमा पछि अधिवेशन गर्ने योजना बनाइएको बताए ।

कसले कुन जिल्लाको जिम्मवारी पाए ?

रुपन्देही : शिवराज सुवेदी–संयोजक, तेजेन्द्र केसी–,सहसंयोजक
कपिलवस्तु : झविलाल पोखरेल–संयोजक, डम्मर शर्मा सहसंयोजक
दाङ : हुकुम वहादुर बस्नेत–संयोजक
बाँके : सुर्य ढकाल– संयोजक, किस्मत कक्षपती–सहसंयोजक
बर्दिया : लालबहादुर श्रेष्ठ–संयोजक, शालिकराम अधिकारी–सहसंयोजक
प्युठान : तुल्सीराम शर्मा–संयोजक
अर्घाखाची : चेतनारायण आचार्य– संयोजक
गुुल्मी : मधु कृष्ण पन्त–संयोजक
पाल्पा : नारायणप्रसाद आचार्य–संयोजक
पश्चिम नपलपरासी : दिपेन्द्र अधिकारी – संयोजक
रोल्पा र पुर्वी रुकुमका लागि जिल्ला पदाधिकारी तोकेको छैन ।

जिल्ला अध्यक्ष को कता लागे ?

रोल्पा : सुरेन्द्र घर्ती, प्रचण्ड–माधप समूह
रुकुम पूर्व : मेघबहादुर श्रेष्ठ, प्रचण्ड–माधप समूह
नवलपरासी पश्चिम : भविश्वर तिवारी, प्रचण्ड–माधप समूह
दाङ : टीकाराम खड्का, प्रचण्ड–माधप समूह
बाँके : आईपी खरेल, प्रचण्ड–माधप समूह
बर्दिया : भवनकुमार थारु, प्रचण्ड–माधप समूह
रुपन्देही : शिवराज सुवेदी, ओली समूह
कपिलवस्तु : झविलाल पोख्रेल, ओली समूह
अर्घाखाँची : चेतनारायण आचार्य, ओली समूह
गुल्मी : मधुकृष्ण पन्त, ओली समूह
पाल्पा : नारायण आचार्य, ओली समूह
प्युठान : तुलसीराम शर्मा, प्रचण्ड–माधप समूह

प्रतिक्रिया दिनुहोस्