बर्डफ्लुकाे यस्ता हुन्छन् लक्षण, यसरी जोगिने?



बर्डफ्लूकाे यस्ता हुन्छन् लक्षण

– पेट दुख्ने,

– उच्च ज्वरो आउने,

– खोकी लाग्ने,

–  घाँटी, मांसपेशी र छाती दुख्ने,

– पखाला लाग्ने,

– श्वास फेर्न गाह्रो हुने र अन्ततः निमोनिया हुने।

कसरी जोगिने बर्डफ्लुबाट? 

– डा. विवेक लाल, प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

– नियमित रूपमा राम्रोसँग साबुनपानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

– घरवरिपरिको वातावरण पनि सफा राख्ने ।

-बिरामी तथा मरेका चराचुरुंगीबाट टाढा रहने।

-बिरामी व्यक्ति र चरा नजिकै देखिए वा आफ्नो स्वास्थ्य ठीक नभएको महसुस भए छिटो स्वास्थ्य संस्थामा जाने।

-कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने मानिसले हातमा ग्लोब तथा नाकमुखमा मास्क वा रुमाल लगाउने ।

-कुखुराको मासु राम्ररी पकाएर खाने। सामान्य खाना पाक्ने तापक्रम अर्थात् ७० डिग्री सेल्सियससम्ममा यो भाइरस पूर्ण रूपमा मर्छ । तर, मासुको सबै भागमा यो तापक्रम पुग्नुपर्छ। 

-अन्डा राम्रोसँग उमालेर खान सकिन्छ। अमलेट बनाएर खाँदा पनि समस्या हुँदैन। तर, हाफ बोइल भने खान जोखिम हुन्छ।

प्रतिक्रिया दिनुहोस्