बेवारिसे अवस्थामा पुरुषको शव फेला



सप्तरी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बेवारिसे अवस्थामा शव फेला परेको छ।वडा नम्बर ३ पोर्ताहास्थित नमोनारायण लगरवारको खाली रहेको घरको वरण्डामा नाम, ठेगाना खुल्न नसकेको करिब ५० वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिन्स पेन्ट, सेतो धर्के कमिज लगाएको श्याम वर्णका पुरुषको शव फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि राजविराजस्थित अञ्चल अस्पतालमा ल्याएको एसपी राजेन्द्र विष्टले बताए।

प्रतिक्रिया दिनुहोस्