महिला हत्या आरोपमा दुई महिलासहित चार पक्राउ



जनकपुरधाम : महिला हत्यामा संलग्न रहेको आरोपमा सप्तरीमा दुई महिलासहित चार जनालाई पक्राउ परेका छन् । पक्राउ परेका चारैजनाललाई आज जिल्ला प्रहरी कार्यालय सप्तरिले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो  । 

 

कात्तिक १ गते राति वडा नम्वर ६ स्थित घरमा बसोवास गर्दै आएकी ४५ वर्षिया आशा देवलाई ईट्टाले टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो । 

पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्वर ६ का ३२ वर्षिय शंकर मेहतर, २६ वर्षिय सुरज मेहतर, सोही ठाउँकी ३० वर्षिया चनरदेवी मेहतर र ३५ वर्षिया मुन्नीदेवी साह रहेका छन् ।

व्यक्तिगत रिसिबीका कारण चारै जना मिलेर देवको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

चारै जनामाथि सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्