नेपालकाे कान्छो राजर्षि जनक विश्वविद्यालयले प्रथम वार्षिक उत्सव मनायाे



जनकपुरधाम : मुलुकको सबैभन्दा कान्छो राजर्षि जनक विश्वविद्यालयले आफ्नो प्रथम वार्षिकोत्सब मनाएको छ । लामो समयको प्रयास पश्चात राजर्षि जनक विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक व्यवस्थापिका संसदबाट आजकै दिन पारित भएको थियो ।

 

विश्वविद्यालयको स्थापनामा भूमिका निर्वाह गर्ने राजनीतिक कर्मी र विद्वत वर्गलाई धन्यवाद दिदै विश्वविद्यालका उपकुलपति प्राचार्य भारत झाले राजर्षि जनक विश्वविद्यालयलाई उत्कृष्ट बनाउन सबैको साझा प्रयासको आबश्यक्ता रहेको बताएका छन ।

 

 उपकुलपति झाले उपस्थित प्राध्यापक र शिक्षकहरुलाई गुणस्तर शिक्षा प्रदान गर्न आग्रह गरे । विश्वविद्यालय स्थापना गर्न कांग्रेस उपसभापति विमलेन्द्र निधिले निर्वाह गरेको भूमिका अतुलनीय रहेको झाको कथन थियो । 

 

वार्षिकी कार्यक्रमलाई संबोधन गर्दै विस्वविद्यालय का रजिस्ट्रार महेन्द्र यादवले अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुकूल नै  सीप र रोजगारमूलक कार्यक्रमहरु विस्वविद्यालयमा थपिने जिकिर गरे  ।

 

राजर्षि जनक विश्वविद्यालयको विधेयक पारित भएसंगै मुलुकमा विश्वविद्यालयको संख्या ११ पुगेको छ र राजर्षि जनक विश्वविद्यालय मुलुक कै सबैभन्दा कान्छो विश्वविद्यालय हाे ।

प्रतिक्रिया दिनुहोस्