आज विश्व हाँसो दिवस, यस्ताे छ हाँस्नुका फाइदा ?



काठमाडौंः आज बैशाख २२ अर्थात विश्व हाँसो दिवस । मुम्बईका चिकित्सक डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस सुरु भएको हो । उनले हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट’ मार्फत यसलाई हाँसो दिवसका रुपमा मनाउन सुरु गरेका हुन् ।

यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाईन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन सुरु गरिएको हो । अहिले यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ ।

यस्ता छन् हास्नुका फाइदा

– प्रतिरोधी क्षमतामा वृद्धि गर्छ

– सम्पूर्ण शरीरलाई आराम दिलाउँछ

– स्वस्थ रहने रसायन बढाउँछ

– मुटुको रक्षा गर्छ

– मूड ठीक गर्छ

– बौद्धिक स्तर बढाउँछ

– आयु बढाउँछ

प्रतिक्रिया दिनुहोस्