देश अकल्पनीय दुर्घटनाको मुखमा : भूषाल



बाग्लुङ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी बागलुङ प्रचण्ड–नेपाल पक्षले सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेको तर्क गरे । पूर्व कृषिमन्त्री समेत रहेका नेता भुसालले जनताले धेरै दुःख गरेर निर्माण गरेको संविधान घायल भएको टिप्पणी गरे ।
उनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको गुनासो गरे । नेता भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्