प्रदेश २ मा निजामति सेवा गठन सम्बन्धी ऐन प्रमाणीकरण



जनकपुरधाम । प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेका छन् ।
प्रदेश २ को प्रदेशसभाबाट पारित भइ प्रदेश प्रमुख समक्ष गएको सो विघेयकलाई आज प्रदेश प्रमुख परियारले प्रमाणिकरण गरेका हुन् । यससँगै हालसम्म प्रमाणिकरण हुने विधेयकको संख्या ३९ पुगेको छ ।
प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा कातिक ३ गते पारित भएको थियो । पारित भएपछि माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा सो विधेयक दर्ता भएको थियो । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणिकरण गरेका हुन् ।
निजामती प्रशासनलाई व्यवसायिक, मर्यादित र प्रभावकारी बनाउन निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने प्रयोजनले यो ऐन बनाइएको प्रदेश २ सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्