सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको चेतावनी



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने अध्यक्ष प्रचण्डले चेतावनी दिए । पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने केपी ओली चरित्र जनताले बुझिसकेकोले जरुरी प¥यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुने बताए ।
काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ओलीजीले जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन् । जरूरी प¥यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौ ं।’
‘अझै पनि लाखौं जनताको उपस्थिति र यो विरोध, आक्रोश, आवेक, पीडालाई बुझ्नुभएन भने म तपाईंलाई चुनौती दिन्छु सिंहदरबार घेर्न र बालुवाटार घेर्न आउनेछ,’ ओलीलाई उनले भने, ‘प्रतिगमन, निरंकुशता लोकतन्त्रको हत्या गर्ने तपाईंको चरित्र जनताले बुझिसकेको छ । त्यसकारण जरुरी प¥यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुनेछ ।’
प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेकोसमेत उनले बताए ।
अध्यक्ष प्रचण्डले ओलीले बनाएका दुईजना मन्त्री आफ्नो समूहमा फर्कने दाबी गरे । प्रचण्डले ती मन्त्रीहरूको नाम खुलाएनन् । तर, आफनोसमूहमा फर्कने विषयमा कुरा चलिरहेको उनले दाबी गरे ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभा कस्तो हुँदोरहेछ देख्नुभयो भनेर प्रश्न पनि गरे । प्रचण्डले केही दिनअघि ओलीले सभा कस्तो हुन्छ देखाउने सन्दर्भको जवाफ दिँदै उनले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ ?’
नारायणहिटी दरबार संग्राहलयअगाडि माघ २३ गते केपी ओली समूहले गरेको सभा सारा राज्यकोषको दुरुपयोग गरे पनि उत्साहजनक नभएको उनको भनाइ थियो ।


प्रचण्डले आजको सभामा करिब पाँच लाख मानिसको उपस्थिति रहेको एसएमएस आएको पनि दाबी गरे । आजको सभालाई सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि देखेको हुनुपर्ने उनले बताए ।
‘मलाई लाग्छ, आजको सभाले सम्मानित अदालतलाई सहज भएको छ । देश र जनताको पक्षमा फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ । हिजो सानो समूहले विद्रोह गर्दा के भयो ? अब नेपालमा ‘ग्रीन रिभोलुसन’ हुन्छ । यत्रो जनताको आवाजलाई नसुन्ने ? सानो समूहको कुरा सुन्ने हुनसक्छ,’ अध्यक्ष प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्