पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु, थप १३४ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६३ महिला र ७१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा भने ६५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैले पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५६७ स्वाब परीक्षण गराउँदा १३४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै बुधबार थप ११८ जना डिस्चार्ज भएका छन् । यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार ५४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले १७ सय ५३ जना आइसोलेसनमा छन् भने ८८ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार ७२ जनाको आइसीयू र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्