महिला फुटबल लिग : एपीएफको अपराजित यात्रा जारी



काठमाडौँ । काठमाडौँमा जारी राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली एपीएफको अपराजित यात्रालाई जारी राखेको छ ।
बुधबार एपीएफले चन्द्रपुर नगरपालिकालाई ८–० गोल अन्तरले पराजित गर्दै लगातार आठौँ जित हासिल गरेको हो ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफका लागि स्ट्राइकर सावित्रा भण्डारीले ६ गोल गरिन् भने कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।
जितसँगै एपीएफले ८ खेलमा २४ अंक बनाएको छ । त्यसैगरी चन्द्रपुरको ८ खेलमा ६ अंक रहेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा छ ।
लिग अन्तर्गत बिहीबार चौदण्डीगढी र वालिङबीच तथा आर्मी र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्