नेपालमा लगाइँदै गरेको कोरोना खोप बढी प्रभावकारी, प्रयोग बढाउन डब्लूएचओको सुझाव



काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का विशेषज्ञले कोरोनाविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको खोपको प्रयोग बढाउन सिफारिस गरेका छन् । बुधबार उनीहरूले खोपको नकारात्मक असर (साइडइफेक्ट)को तुलनामा फाइदा बढी देखिएको भन्दै प्रयोग बढाउन सुझाव दिएका हुन् ।

एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप खोप भारतले कोभिशील्ड नाममा उत्पादन गरिरहेको छ र नेपाललाई पनि १० लाख डोज अनुदानमा उपलब्ध गराएको छ । जुन अहिले देशभर लगाउने क्रम जारी छ ।

स्ट्राटेजिक एडभाइजरी ग्रुफ अफ एक्सपर्ट्स (एसएजीई) ले आफ्नो सिफारिमा भनेको छ–डब्ल्यूएचओद्वारा समीक्षा गरिएको तथ्यांकले यस कुराको पुष्टि गर्छ।

बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको अध्ययनका आधारमा विशेषज्ञले एस्ट्राजेनेका–अक्फोर्डद्वारा विकसित खोपको दुई डोज दिइएपछि ६३.०९ प्रतिशत प्रभावकारिता देखिएको बताएका छन्।

एसएजीईले दोस्रो डोज ८ देखि १२ हप्ताभित्र दिन पनि सिफारिस गरेको छ । धेरैजसो खोपमा यस्तो अन्तर २४ दिनको राख्ने गरिएको छ । यो खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसका लागि पनि सुरक्षित देखिएको दाबी गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्