भागरथीकी परिवारलाई सुदूरपश्चिम प्रदेशले पाँच लाख सहयोग गर्ने



कैलाली : बलात्कारपछि हत्या गरिएका बैतडीकी भागरथी भट्ट र बझाङकी सम्झना कामीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले पाँच–पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रदेश मन्त्री परिषद्को मंगलवार बसेको बैठकले पीडित परिवारलाई सहयोगस्वरुप उक्त रकम दिने निर्णय गरेको प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्टले जानकारी दिए ।

माघ २१ मा भागरथीको बलात्कार पछि हत्या भएको थियो भने सम्झनाको गत असोजमा बलात्कार पछि नै हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्