गोरखामा एकै परिवारका तीन जना सुतेकै ठाउँमा मृत भेटिए



गोर्खा : गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् । गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एक जना वृद्ध र एक बालिका र एक जना महिला आज (सोमबार) बिहान मृत भेटिएका हुन् ।

हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए । एसपी गुरुङका अनुसार उनीहरुले बिष खाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

‘उनीहरूको मुखमा फिँज आएको छ । त्यसकारण उनीहरुले बिष खाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ एसपी गुरुङले भने, ‘अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ ।’

मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्