जसपाको बृहत विद्यार्थी भेला हुने



काठमाडौं– जनता समाजवादी पार्टी नेपालले बृहत विद्यार्थी भेला गर्ने भएको छ ।

वर्तमान राजनीतिक सन्दर्भमा केन्द्रित हुने भनिएको सो भेला बुधबार दिउँसो साढे १२ बजेपछि काठमाडौंको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा हुनेछ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आत्थियमा हुने उक्त भेलामा नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल कुमार झा, महेन्द्र राय यादव, राजकिशोर यादव लगायतको सहभागिता रहने छ ।

जसपाको राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले सो भेलाको आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्