यसरी बनाउँन सकिन्छ गर्मीमा छालालाई चमकदार



काठमाडाैंः गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्छ। अनुहारमा डण्डीफोर, राता दाग आदि देखिन्छन्। घरेलु उपायबाटै यसबाट बच्न सकिन्छ। त्यसको लागि चामलको पिठोलाई रातभर भिजाउनुस्। बिहान यसलाई निकालेर सुन्तलाको बोक्राको धुलो मिसाई पेस्ट बनाउनुस्।

यस्तो पेस्टलाई सुत्नुअघि अनुहारमा लगाउनुस्। १० मिनेटपछि अनुहार सफा गर्न सक्नुहुन्छ। यसो गर्दा अनुहारमा चमक आउँने गर्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यस्तो विधिले अनुहारसम्बन्धी कैयौँ समस्याबाट पनि छुटकारा मिल्छ।

यसबाहेक अर्को विधि पनि छ। त्यसको लागि गुलाबको पात पिसेर त्यसमा कागती या टमाटरको रस मिसाउनुस्।यस्तो पेस्टलाई १० देखि १५ मिनेटसम्म अनुहारमा लगाउनुपर्छ। त्यसपछि निमको पात राखेको पानीले धुनुस्। यसले पनि अनुहारको चमकलाई बढाउँछ।

प्रतिक्रिया दिनुहोस्