नेकपाले भोली चितवनमा विजय जुसुस गर्ने



काठमाडौं । नेकपाका प्रचण्ड–नेपाल पक्षले भोलि बुधबार चितवनमा विजय सभा निकाल्ने भएको छ ।
उक्त समूहले प्रतिनिधि सभा विघटनविरुद्ध भोलि बुधबारका लागि चितवनमा विरोध सभाको कार्यक्रम राखिएको थियो ।
तर, सर्वाेच्च अदालतले मंगलबार नै प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गरेपछि प्रचण्ड–नेपालको कार्यक्रम विजयसभामा परिणत गरिएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन् ।
‘प्रतिनिधि सभा विघटन गर्ने कदम बदर भएसँगै सो सभालाई विजय सभामा परिणत गरेका छौँ’, दाहालले भनिन्, ‘लाखौं जनसमुदायसामु अध्यक्षद्वयले खुसी साट्नुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्