आज पनि घट्यो सुनको मूल्य



काठमाडौँ : सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा ९०० रुपैयाँले घटेको छ ।

स्थानीय बजारमा आज छापावाला सुन ९०० रुपैयाँले घटेर तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको ८५ हजार १५० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । तोलामा एक हजार २८५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार २५० रुपैयाँ मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्