नेकपा विवादको टुंगो आइतबार



काठमाडौं । निर्वाचन आयोगले नेकपाको विवादको टुंगो आइतबार लगाउने बताएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबारभित्रमा नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने जानकारी दिए ।
शुक्रबार आयोग पुगेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग प्रमुख आयुक्त थपलियाले आइतबार आयोगको बैठक राखेर आधिकारिकताबारे निर्णय गर्ने बताएको स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए ।
‘प्रमुख निर्वाचन आयुक्तले आइतबार बैठक राखेर यस विषयमा निर्णय गर्छु भन्नुभयो,’ पाण्डेले भने । पाण्डेसहित लीलामणि पोखरेल, रामनारायण बिडारी, कृष्णभक्त पोखरेल लगायतका नेताहरु नेकपाको आधिकारिकता, नाम र चुनाव चिन्हको विषयमा निर्णय दिन आयोगले ढिलाई गरेको भन्दै ‘ताकेता पत्र’ लिएर शुक्रबार दिउँसो आयोग पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्