कांग्रेसको प्रश्न– विप्लवका हतियार खोइ ?



काठमाडौँ । नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सहमति गर्दा हतियार बुझाउने बुँदा नदेखिएको भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार ट्विटमार्फत राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका हुन् । ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ प्रधानमन्त्रीज्यू ?’
प्रवक्ता शर्माले हतियारबारे उठेको प्रश्नको जवाफ सिंगो देशलाई चाहिने पनि बताएका छन् । उनले चन्द समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने सहमतिको भने स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्