मुख्यमन्त्री राउतले गरे घाइतेको उद्धार



सर्लाही । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सर्लाहीको रानिगन्जमा सोमवार मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका चालकको उद्धार गरेका छन् ।
मुख्यमन्त्री राउत सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहँदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१७, रानिगञ्जस्थित कालिन्जोर पुल नजिकै ना ४८ प १२९९ नम्वरको मोटरसाइकल पल्टिँदा चालक सडकमै लडेकाथिए । मुख्यमन्त्री राउतले सो दृश्य देख्नासाथ आफ्नो स्कर्टिङमा रहेको इलाका प्रहरी कार्यालय लालबन्दीको गाडीलाई तत्कालै रोकेर घाइते मोटरसाइकल चालकलाई प्रहरीकै गाडीमा अस्पतालतर्फ पठाए ।
मुख्यमन्त्री राउतले आफू स्कर्टिङ बिनै जाने र घाइतेलाई तत्कालै अस्पताल पु¥याउन निर्देशन दिएपछि स्कर्टिङमा खटिएको प्रहरी टोली घाईतेलाई लिएर फर्किएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१७, रानिगन्जकै ३३ वर्षीय वीरध्वज मोक्तानको मोडेल अस्पताल, लालबन्दीमा उपचार चलिरहेको छ ।
यसअघि प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले आफ्नो यात्राका क्रममा रौतहटको जङ्गल र कर्णाली प्रदेशको भ्रमणमा जाँदा सुर्खेतमा सवारी दुर्घटनामा परेर घाइते भएकाहरुको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्