काठमाडौं मेयर कपमा आर्मीको पहिलो जित



काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबलले पहिलो जित दर्ता गरेको छ ।टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं मेयर–११ लाई ५ विकेटले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।

आर्मीको जितमा सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेले । प्लेयर अफ द म्याच बनेका उनले ५१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे । यस्तै कुशल मल्लले २३ रन जोड्दा भिम सार्कीले १६ रन बनाए ।

काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले २÷२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रन बनाएको थियो ।

काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाए । उनले ७४ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

आर्मीका शाहब आलमले ३९ रन खर्चिएर ४ विकेट लिए । जितेन्द्र मुखियाले ३ विकेट तथा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १÷१ विकेट लिए ।

जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ ।
आर्मी पहिलो खेलमा पराजित भएको थियो । आर्मी उद्घाटन खेलमा एपीएफसँग १ विकेटले पराजित भएको हो ।

काठमाडौंको यो पहिलो हार हो । काठमाडौंले पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको थियो । काठमाडौंले २ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्