आजको मौसम : पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित चट्याङ पर्ने



काठमाडौँ : देशका पहाडी क्षेत्रका केही ठाउँमा आज दिउँसो पछि मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद्ले बताएका छन् । प्रि मनसुनको सिजन भएकाले अब हरेक दिनजसो दिउँसो पछि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद्ले बताएका छन् ।

प्रि मनसुनमा स्थानीय वायुको प्रभावको असर धेरै पर्ने हुन्छ । स्थानीय वायुको प्रभावकै कारण कुनै एक ठाउँमा घाम लागिरहे पनि त्यसको नजिकै असिना पानी पर्न सक्छ । स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेमा भने धेरै ठाउँमा पानी पर्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मार्च, अप्रिल र मे गरी तीन महिनालाई प्रि मनसुनको सिजन मानिन्छ । जुनदेखि भने नेपालमा मनसुन लाग्नेछ । यस्तै, आज पनि केही पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्