गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग कालाेपत्रे गरिँदै 



बुटवल : भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पिच गर्ने काम मंगलबारदेखि सुरु गरिएको छ ।

 

नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बेल्चा चलाएर यसको थालनी गरेका हुन् । ४ वटा मेसिनरी गाडीसहित करिब ८० मजदुर मंगलबारदेखि खटिएका छन् । 

विमानस्थलको महत्त्वपूर्ण काममध्येको एक धावनमार्ग पिच गर्ने काम सुरु गर्दै मन्त्री अधिकारीले वर्ष दिनभित्र विमानस्थल निर्माण पूरा हुने दाबी गरे ।

 

उनका अनुसार धावन मार्गको पिच ठेकेदार कम्पनीले ४ महिनामा सक्ने प्रतिबद्धता जनाएको छ । आज विभिन्न पत्रपत्रिकामा खबर छ । 

प्रतिक्रिया दिनुहोस्