रामपुरका किशोर ३ दिनदेखि बेपत्ता



पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं ८ रानीबासका शैलेन्द्र अर्याल ३ दिनदेखि बेपत्ता भएका छन् । आनन्द निकेतन विद्याश्रममा कक्षा १० मा अध्ययनरत १७ वर्षीय शैलेन्द्र मंगलबार साँझ देखि परिवार तथा आफन्त कसैको सम्पर्कमा नआएको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार असोज २ गते साँझ स्कुलबाट घर फर्केका अर्याल झोला राखेर बाहिर निस्केका थिए । अघिल्लो दिन स्कुलमा साथीभाइबीच सामान्य विवाद भएको थियो । तर उक्त विवाद स्कुलकै प्रिन्सिपलले मिलाएका थिए ।

अन्दाजी ५ फिट अग्लो, कोठे सर्ट, पहेँलो र निलो धर्सा भएको टिसर्ट, निलो जिन्स प्यान्ट, कालो चप्पल लगाएका अर्यालको खोजी कार्य भइरहेको स्थानीय प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्