धनुषामा घरेलु हिंसा बढ्दै



जनकपुर : धनुषामा घरेलु हिंसा बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

 

महिला तथा बालबालिका कार्यालयअनुसार आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि असोजसम्ममा मात्रै २ सय ८८ वटा घरेलु तथा सामाजिक हिंसाका घटना दर्ता भएका छन् । 

 

कार्यालयका अनुसार दर्ता भएका घरेलु र सामाजिक हिंसाको उजुरीमध्ये १ सय ५ वटा घटना मिलापत्र भएका र १ सय ८१ वटा घटना फछ्र्योट हुन बाँकी छ ।

 

कार्यालयले दिएको जानकारीअनुसार फछर्योट हुन बाँकी मुद्दामाथि अनुसन्धान भइरहेको छ ।गत आर्थिक वर्षमा ५ सय १० घरेलु हिंसाका उजुरी परेको थियो भने आर्थिक वर्ष २०७३ ०७४ मा घरेलु हिंसाका ५ सय ७ उजुरी दर्ता भएका थिए ।  

 

त्यस्तै आर्थिक वर्ष २०७२/०७३ मा ३ सय ४२ घरेलु हिंसाका घटना दर्ता भएका थिए । जसमध्ये २ सय ४ घटना फछर्योट भएका र १ सय ३८ वटा घटना विभिन्न कारणले फछर्याेट हुन बाँकी रहेको कार्यालयले बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस्