कैलालीका स्थानीय तहमा राज्य संयन्त्र – राजमार्ग प्रयोग गरेको भन्दै दोहोरो कर असुल्दै



कैलाली : कैलालीका स्थानीय तहहरुले राजमार्ग प्रयोग गरेको मात्रै दोहोरो निकासी कर असुल्ने गरेका छन् । एक स्थानीय तहबाट नदीजन्य वस्तु ढुङ्गा, गिट्टी वालुवा संकलन गरेर पैठारी गर्दा एकभन्दा बढी स्थानमा निकासी कर असुल्न थालेपछि व्यवसायीहरु मारमा परेका छन् ।

 

गोदावरी नगरपालिकालाई नदीजन्य वस्तुको रोयल्टी तिरेर पुर्नवास पैठारी गर्दा धनगढी उपमहानगरपालिकाले समेत निकासी शुल्क भन्दै कर असुल्न थालेको हो । गरुड कन्सट्रक्सनले अर्को स्थानीय तहबाट धनगढी उपमहानगरपालिका भएर बाहिरीने नदीजन्य वस्तुको निकासी मूल्य भन्दै धमाधम रकम संकलन गरिरहेको छ ।

 

गोदावरी नगरपालिकाको खुटिया, गोदावरी र खैराना नदीबाट वालुवा गिट्टी लगायतका वस्तु पुर्नवास पैठारी गर्दा धनगढी उपमहानगरपालिले पनि निकासी शुल्क भन्दै रकम असुल्ने गरेको पुर्नवासका ट्रयाक्टर व्यवासायी मान बहादुर थापाले बताए ।

 

त्यस्तै अन्य व्यवसायीहरुले आफुहरुले चार देखी पाचँ ठाउँमा कर तिर्नु परेको गुनासो गरे । ठेकेदारले बाटोमा सताउन थालेपछि व्यवसायीहरुले आफूले संकलन शुल्क र दोहोरो निकासी शुल्क तिरेको बिल सहित समस्या समाधान गर्न माग गर्दै मुख्यमन्त्रीलाई आइतबार ज्ञापनपत्र बुझएका थिए भने प्रदेश सरकारले कुनै सुनुवाई नगरे पछि मंगलबार धनगढी उप-महानगरपालिकासँग वार्ता गरेका छन् ।

 

यता धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले भने स्थानीय तहले लगाउन पाउने कर सम्बन्धी ऐन प्रयोग गरेर कर असुली गरेको बताएका छन् ।

 

संविधानको अन्तर प्रदेश व्यापार सम्बन्धिको धारा २ सय ३६ मा व्यवस्था भए अनुसार पनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कुनै वस्तु निकासी पैठारी हुदा शुल्क लिन नपाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्