लगनगाँठाे कसे नेपाल आइडलका विक्रमले



नेपाल आइडल सिजन २ का द्रोसो भएका विक्रम बरालले लगनगाँठो कसेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनले अनु गहतराजसँ आइतबार विवाह गरेका हुन्।

नेपाल आइडल सुरु हुनुअघि अष्ट्रेलिया जाने साेचमा रहेका जाेडीकाे याेजनाले बराल नेपाल आइडलमा सहभागी भएपछि अर्कै माेड लिएकाे थियाे।  

विक्रम विजेता बन्न नसके पनि आफूलाई कुनै दुख नलागेको अनुले बताइन्। उनले भनिन्, 'विजेताभन्दा एक स्टेप तल भए पनि अब चार स्टेप अघि बढ्ने अवसर मिलेको छ।' 

 

 

प्रतिक्रिया दिनुहोस्